बागलुङमा पौडेल र सुवेदीलाई ‘स्मृति युवा सम्मान’

बाग्लुङ | भदौ १, २०७९

बागलुङमा पौडेल र सुवेदीलाई ‘स्मृति युवा सम्मान’

स्मृति प्रकाशन बागलुङले बर्सेनि प्रदान गर्ने ‘स्मृति युवा सम्मान’ यस वर्ष यहाँका दुई युवा स्रष्टालाई प्रदान गरिने भएको छ । मङ्गलबार बसेको प्रकाशनको बैठकले विसं २०७८ को सम्मान पर्वत पाङका स्रष्टा गुणराज पौडेल ‘गुराँस’ र विसं २०७९ को सम्मान जिल्लाको जैमिनी नगरपालिका निवासी स्रष्टा निर्मला सुवेदीलाई प्रदान गर्ने निर्णय गरेको हो ।

 

गत वर्ष कोभिड-१९ का कारण कार्यक्रम स्थगन भएपछि दुई वर्षको सम्मान एकैसाथ प्रदान गर्न लागिएको हो । यही भदौ ११ गते मोती जयन्तीका अवसरमा आयोजना हुने समारोहमा सम्मान प्रदान गरिने प्रकाशनका अध्यक्ष काजी रोशने जानकारी दिनुभयो ।

 

साहित्यको उत्थानमा पुर्‍याएको योगदानवापत स्रष्टाद्वयलाई सम्मानित गर्न लागिएको हो । पौडेलको मुक्तक कृति प्रकाशित छ भने सुवेदी जैमिनी साहित्य मञ्चका अध्यक्ष हुनुहुन्छ । प्रकाशनले हरेक वर्ष मोती जयन्तीका अवसर पारेर साहित्य सिर्जनामा सक्रिय युवालाई उक्त सम्मान प्रदान गर्दै आएको छ ।

 

सोही समारोहमा सार्थक प्रकाशनका तर्फबाट ‘सार्थक मोती सम्मान’, धवल कला मन्दिरका तर्फबाट ‘धवल मोती सम्मान’ प्रदान गर्ने कार्यक्रम तय भएको जनाइएको छ । मोती जयन्तीमा कला, सङ्गीत र साहित्य क्षेत्रमा क्रियाशील व्यक्तित्व सम्मानित हुँदै आएका छन् ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्